केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शुक्रवार त्रिभुवन विमानस्थलमा ‘फूल स्केल इमर्जेन्सी एक्सरसाइज’ अभ्यास गरियो

सहयात्रा टिभी

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल शुक्रवार अपरान्ह ४ः३० बजेदेखि ५ वजे सम्म बन्द रह्यो । ‘फूल स्केल इमर्जेन्सी एक्सरसाइज’ गरिएकोले आधा घन्टा विमानस्थल बन्द गरिएको थियो । अन्तरराष्ट्रिय मान्यताप्राप्त विमानस्थलले ‘फूल स्केल इमर्जेन्सी एक्सरसाइज’ हरेक दुई दुई वर्षमा गर्नुपर्ने नियमनै छ ।

यसर्थ, शुक्रवार विमानस्थलमा आधा घन्टा उडान प्रभावित भयो भने एक प्लेनको डमी बनाएर आगो लगाएर उक्त विमानमा रहेका यात्रुको उद्धार गरिएको थियो । जहां तैनाथ थिए सुरक्षाकर्मी, एम्वुलेन्स, दमकल लगायत तत्काल उद्धारका लागि तयारी हालतमा राखिएको थियो । वास र प्लाष्टिकवाट प्लेनको आकारमा वनाईएको डमीमा आगो लगाईयो र उद्धारका लागि त्यहा तैनाथ सवै खटिए ।

अनि दमकलको सहायताले आगो निभाईको थियो । प्लेन दुर्घटना हुँदा के कसरी उद्दार गर्नुपर्छ भनेर सचेतना दिने उद्धेश्यले यो खालको अभ्यास गरिएको हो ।

 

प्रकाशित : 23 June, 2017

प्रतिक्रिया दिनुहोस्