=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


चुनावको सबै तयारी पूरा भइसकेको प्रमुख निर्वाचन आयुक्त द्धारा जानकारी

सहयात्रा टिभी

काठमाडौं । स्थानीय तहको दोस्रो चरणको चुनावको सबै तयारी पूरा भइसकेको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले जानकारी दिनुभएको छ । आयुक्त यादवले सो जानकारी दिँदै निर्धक्कका साथ चुनावमा सरिक हुन सबै मतदातालाई आग्रह गर्नुभएको छ ।
असार १४ गते प्रदेश नम्बर १, ५ र ७ का स्थानीय तहमा चुनाव हुँदैछ । काठमाडौंमा शुक्रबार भएको कार्यक्रममा उहाँले यसपटक मतदाता शिक्षा कार्यक्रमलाई पहिलो चरणको भन्दा पनि व्यापक रुपमा जनस्तरमा पु¥याइएको समेत दाबी गर्नुभयो ।

 

प्रकाशित : 23 June, 2017

प्रतिक्रिया दिनुहोस्