केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चुनावको सबै तयारी पूरा भइसकेको प्रमुख निर्वाचन आयुक्त द्धारा जानकारी

सहयात्रा टिभी

काठमाडौं । स्थानीय तहको दोस्रो चरणको चुनावको सबै तयारी पूरा भइसकेको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले जानकारी दिनुभएको छ । आयुक्त यादवले सो जानकारी दिँदै निर्धक्कका साथ चुनावमा सरिक हुन सबै मतदातालाई आग्रह गर्नुभएको छ ।
असार १४ गते प्रदेश नम्बर १, ५ र ७ का स्थानीय तहमा चुनाव हुँदैछ । काठमाडौंमा शुक्रबार भएको कार्यक्रममा उहाँले यसपटक मतदाता शिक्षा कार्यक्रमलाई पहिलो चरणको भन्दा पनि व्यापक रुपमा जनस्तरमा पु¥याइएको समेत दाबी गर्नुभयो ।

 

प्रकाशित : 23 June, 2017

प्रतिक्रिया दिनुहोस्