स्थानीय तहको बजेट तर्जुमा तालिका सार्वजनिक, स्थानीय तहमा योजना तथा बजेट तर्जुमा गर्न सहज हुने

सहयात्रा टिभी

काठमाडौं । स्थानीय तहको योजना तथा बजेट तालिका सार्वजनिक भएको छ । सङघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा योजना तथा बजेट तर्जुमा गर्न ‘स्थानीय तहको योजना तथा बजेट तर्जुमा दिग्दर्शन २०७४’ जारी गरेको छ । शुक्रवार जारि गरिएको सो तालिकामा स्थानीय तहले चालु आर्थिक वर्षका लागि असार २ गते संघ तथा प्रदेशबाट वित्तीय हस्तान्तरणको खाका वमोजिम बजेट तथा कार्यक्रम तर्जुमा प्राप्त गर्नेछन् । लगत्तै, असार ४ गते स्रोत अनुमान र कुल बजेट सीमा निर्धारण हुनेछ । असार १० गते टोलस्तरबाट योजना छनौट हुनेछ भने, असार १५ गते वडास्तरीय योजना प्राथमिकीकरण र असार २४ गते बजेट तथा कार्यक्रम तर्जुमा समितिबाट बजेट तथा कार्यक्रम तयारी हुनेछ ।

गत जेठ १५ गते केन्द्र सरकारले आर्थिक वर्ष २०७४-०७५ को बजेट सार्वजनिक गरी स्थानीय तहलाई बजेट छुट्याइसकेको छ ।
यो वजेट तालिका सार्वजनिक भएसंगै स्थानीय तहलाई चालु आर्थिक वर्षको बजेट तर्जुमा गर्न सहज हुनेछ ।

 

प्रकाशित : 24 June, 2017

प्रतिक्रिया दिनुहोस्