मोरङमा रहेको ग्रिन प्लाई उद्योगमा आगलागी, करोडौको क्षति

मोरङ । मोरङको बुढीगंगा ५ स्थित ग्रिन प्लाई उद्योगमा शनिवार विहान लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । दमकलमार्फत आगो निभाउने प्रयास जारि छ ।
सुरक्षाकर्मी र स्थानीयवासी पनि आगो नियन्त्रणमा जुटेका छन् । आगलागीबाट उद्योगमा भएका कलकारखाना, तयारी सामग्री तथा करोडौं मूल्यको कच्चा पदार्थ जलेर नष्ट भएको जिल्ला प्रहरीले जनाएको छ । क्षतिको विवरण अझै आउन सकेको छैन ।