केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सिद्धार्थ विद्यापीठमा पूर्व प्राथमिक तहको दिक्षान्त समारोह सम्पन्न

सहयात्रा टिभी

भक्तपुर । सिद्धार्थ विद्यापीठ भक्तपुरमा पूर्व प्राथमिक तहको दिक्षान्त समारोह भव्यताका साथ सम्पन्न भएको छ । यही असार ३ गते गरिएको कार्यक्रममा एसकेजी तहको ५० जना विद्यार्थीहरु दिक्षित भएका छन् । गत वर्ष २०७३ मा कक्षा एकमा प्रवेश गरेका विद्यार्थीहरुलई दिक्षीत गरीएको हो ।


सिद्धार्थ विद्यापीठको प्राङगढमा गरिएको कार्यक्रममा कक्षा १ मा प्रवेश गरेका विद्यार्थीलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो । पूर्व प्राथमिक तहको अभिभावक भेलाको रुपमा पनि रहेको उक्त समारोहमा सांस्कृतिक कार्यक्रम सहित स साना वालबालिकाको विविध प्रतिभालाई पनि प्राथमिकताका साथ प्रस्तुत गरिएको थियो ।

स साना वालबालिका विद्यार्थीहरु खेल्दै सिक्दै गर्ने वातावरणमा थिए भने अब उनीहरुले आधारभुत शिक्षा हासिल गर्नका लागि अर्को खुड्किलो चढेका छन्अ, ब उनीहरु खेल्ने, सिक्ने र पढ्ने तहमा पुगेको विद्यालयकी प्रिन्सिपल दिपिका थापा रिमाल बताउँछिन् । कार्यक्रममा पढाई र विद्यालयको विभिन्न अतिरिक्त क्रियाकलापमा अब्बल विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको प्रिन्सिपल रिमालले बताइन् ।

साथै, पूर्व प्राथमिक तहको सम्पूर्ण एसकेजी तहको सबै विद्यार्थीहरुलाई उनीहरुको मानसिक र संवेगात्मक बुझेर सोहि अनुसारको प्रमाणपत्र दिइएको थियो । २०७३ मा सञ्चालित खेल सप्ताहमा विजेता विद्यार्थीहरुलाई पनि पुरस्कृत गरियो । डा. चिन्ता मणी योगी र प्याबसनका अध्यक्ष श्रीकृष्ण के.सी लगायत अन्य थुप्रै अतिथिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा अभिभावकहरुको बाक्लो उपस्थिति थियो ।
स-साना बालबालिकाहरुको प्रतिभालाई प्रष्फुटन गर्नुका साथै उनीहरुको क्षमतालाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको सो कार्यक्रमप्रति अभिभावकहरुको सकरात्मक प्रतिक्रिया रहेको विद्यालयका संस्थापक प्रिन्सिपल दिपिका रिमाल थापाको भनाई थियो ।

 

प्रकाशित : 24 June, 2017

प्रतिक्रिया दिनुहोस्