केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जामुन खानुस, सुगर रोग निको पार्नुस

सहयात्रा टिभी

काठमाडौं । पछिल्लो समय (सुगर) मधुमेह रोग नलागेको मानिस नै भेट्न मुस्किल जस्तै हुन थालेको छ । व्यस्त दिनचर्या एवं विलाशी जीवनशैली र अस्वस्थ्य खानपानका कारण मानिसमा विभिन्न खालका रोगहरु लाग्नुका साथै झन वढि सुगर रोगवाट प्रभावित हुने गरेका छन् । साथसाथै, (सुगर) मधुमेह, हर्ट अट्याक, किड्नी सम्बन्धी रोगीको संख्या पछिल्ला समय अधिक बढीरहेको छ ।

मधुमेह रोग लागेपछि विभिन्न औषधिहरुको प्रयोग गरिएको पाईन्छ । तर, यस्ता रोग निको पार्ने केहि फलहरु पनि हुन्छन् भन्ने कुरा सायद कमैलाई थाहा होला । प्राकृतिक रुपमा पाइने केही खाद्य पदार्थहरुको प्रयोग गर्दा मधुमेह रोग निकै फाईदा हुने पाईएको छ ।
यसका लागि केहि टिप्सहरु यसप्रकार छन् ।
जामुनुको बाहिरी बोक्रा निकाल्नुहोस् र भित्रको वियालाई पिनेर धुलो बनाउनुहोस् । त्यसपछि यो पाउडर जस्तो बन्नेछ ।

अव सो धुलोलाई मनतातो पानीमा मिसाएर पिउनुहोस् यसले निकै फाइदा दिन्छ । त्यस्तै अपचमा पनि यो अचुक उपचार हुन्छ ।

मधुमेह रोगीका लागि मात्रै नभई जामुनको फाईदा अन्य रोगलाई पनि निको पार्ने पत्ता लागेको छ । जामुनको रुखको बोक्रालाई केही घण्टा पानीमा भिजएर राख्ने र त्यसमा मह मिसाएर विहान बेलुका पिउने हो भने पनि पायल्स रोग समेत निको हुन्छ ।

जामुन मौसमी फल भएको कारण यो सधै पाउन सकिँदैन । तर जामुनको वियाको प्रयोग तपाईले सधै गर्न सक्नुहुनेछ । जसको प्रयोगले तपाईको मधुमेह पूर्ण रुपमा नियन्त्रणमा आउन सक्ने विभिन्न अध्ययन अनुसन्धानवाट देखिएको छ ।

 

प्रकाशित : 24 June, 2017

प्रतिक्रिया दिनुहोस्