केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कांग्रेसले दाङमा वागी उम्मेदवार दिनेलाई कारबाही गर्ने

सहयात्रा टिभी

दाङ । स्थानिय तहको दोस्रो चरणको निर्वाचनमा नेपाली काँग्रेसवाट पार्टीको अनुमतिविना चुनावमा उम्मेदवारी दिने वागी उम्मेदवारलाई नेपाली कांग्रेस दाङले कारवाही गरेको छ । नेपाली कांग्रेस दाङले पार्टीको आधिकारिक उम्मेदवारविरुद्धमा उम्मेदवारी दिने वागी उम्मेदवार नेता, कार्यकर्ता एवं उनिहरुलाई सघाउने प्रस्तावक तथा समर्थक गरी २३ जनालाई कारबाही गरेको छ ।

पार्टी जिल्ला कार्यसमितिको शनिवार वसेको बैठकले लमही नगरपालिकामा प्रमुख पदमा उम्मेदवारी दिने डिल्लीबहादुर खड्का, गढवा गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार डिल्ली आचार्य, सोही गाउँपालिका वडा नम्बर ४ कै भगवती आचार्य र भोला हमाल, वडा नम्बर ५ का बझौना चौधरीलाई कारबाही गर्ने भएको हो । उनिहरुले पार्टीको अनुमती वेगर नै विभिन्न पदमा उम्मेदवारी दिएका थिए ।

 

प्रकाशित : 24 June, 2017

प्रतिक्रिया दिनुहोस्