केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गुरुयोजना बनाएर आधुनिक उर्लाबारी निर्माण गरिने ओलीको उद्धघोष

सहयात्रा टिभी

मोरङ । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले माओवादी केन्द्रलगायत जतिसुकै धेरै पार्टीसँग मोर्चा बनाए पनि नेकपा एमालेसँग प्रतिष्पर्धा गर्न नसक्ने ठोकुवा गरेका छन । पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले कांग्रेस माओवादीले बनाएको गठबन्धनलाई हात्ति बिरुद्ध स्यालहरुको बथानको संज्ञा दिए । अव जत्तिसुकै स्यालहरुको बथान भएपनि हात्तिको सिकार गर्न सक्दैन, सिकार त के, हात्तिको छेउमा आउन पनि सक्दैन,’ शनिवार आयोजित उर्लाबारी नगरपालिकाको चुनावी सभामा बोल्दै ओलीले भने । उनले देशको बिकास र संमृद्धिका लागि एमाले भन्दा अर्काे बिकल्प नभएकोमा कुनै भ्रम नपाल्नसमेत अपिल गरे ।

अन्य दलले एमालेले जनताको हितमा, देशको हितमा काम गर्ने भयो भनेर रोक्नका लागि मोर्चावन्दी कसेका हुन, तपाईहरु कोही पनि भ्रममा नपरी सूर्यमा मतदान गर्नाेस, हामी बिकास, संमृद्धि र स्वाभिमान दिनेछौं ’ ओलीले भने । अझै ओलीले व्यंग्य गर्दै भने, ‘देश बनाउने कुरा गर्दा, राष्ट्रिय स्वाभिमानको कुरा गर्दा खोक्रो राष्ट्रवाद भन्ने, उत्तर–दक्षिण बाटो चौडा बनाउने कुरा, हुलाकी राजमार्ग बनाउने काम गरि हामी देशलाई निकास दिन्छौ ओलीको भनाई थियो ।

एमाले अध्यक्ष ओलीले उर्लाबारीमा एमाले उम्मेदवार भुपालसिं जिमी र उपमेयर लक्ष्मी भण्डारी नेतृत्वको टीमलाई बिजयी बनाएर बिकासका लागि अग्रसर हुन अपिल पनि गरे । ओलीले १४ गते हुने दोस्रो चरणको निर्वाचनमा पनि पहिलो चरण भन्दा निकै बढी जित हाँसिल गर्ने वताएका छन् । नदी नियन्त्रणका समस्या, बाटाका समस्या, ढलका समस्या, शिक्षा स्वास्थ्यका समस्याहरु अवको स्थानीय सरकारले पूरा गर्नेछ ।गुरुयोजना बनाएर आधुनिक उर्लाबारी निर्माण गरिने ओलीले उद्धघोष गरेका छन् ।

 

प्रकाशित : 25 June, 2017

प्रतिक्रिया दिनुहोस्