केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निर्वाचन हुने प्रदेशमा आईतवारबाट शिक्षण संस्था बन्द, असार १४ गते सार्बजनिक विदा

सहयात्रा टिभी

काठमाडौं । स्थानिय तहको दोस्रो चरणको निर्वाचन हुने प्रदेशमा  आईतवारबाट शिक्षण संस्थाहरु बन्द गरिएको छ ।  असार १४ गते चुनाव हुने ३५ जिल्लामा मात्रै शिक्षण संस्थाहरु बन्द गरिएको हो । गत विहिवार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको सिफारिस वमोजिम मतदान हुने प्रदेश नम्बर १, ५ र ७ मा सो दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो  । अधिकांश मतदान केन्द्रहरु धेरैजसो विद्यालय र क्याम्पसहरुमा राखिएकाले चार दिनसम्म पठन पाठन बन्द गरिएको हो ।

सरकारले मतदानको दिन असार १४ गते सार्बजनिक विदा दिने निर्णय यसअघि नै गरिसकेको छ ।

प्रकाशित : 25 June, 2017

प्रतिक्रिया दिनुहोस्