केपी ओली प्रचण्ड माधव नेपाल एमाले


धनुषामा प्रधानाध्यापक माथि गोली प्रहार, घाईतेको अवस्था गंभिर

सहयात्रा टिभी

धनुषा ।  धनुषामा प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । आईतवार विहान धनुषाको सिनरजोरास्थित बिल्ट सर्बोदय माविका प्रधानाध्यापक नरेन्द्र शर्मामाथि गोली प्रहार भएको हो । गोली प्रहारबाट शर्मा गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ ।
उनलाई मोटरसाइकलमा विद्यालय जाँदै गर्दा मोटरसाइकलवाट नै आएका दुई अज्ञात व्यक्तिले मोटरसाइकल रोक्न लगाई गोली हानी फरार भएको जिल्ला प्रहरीले जनाएको छ ।

घटनाको कारण अहिले सम्म खुल्न सकेको छैन । आक्रमणकारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ ।

प्रकाशित : 25 June, 2017

प्रतिक्रिया दिनुहोस्