केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यमनमा हैजाको महामारी, हैजाकै कारण १३ सय भन्दा बढिको ज्यान गयो

सहयात्रा टिभी

एजेन्सी । हैजाको महामारीले यमनमा दुई लाख भन्दा वढि मानिस प्रभावित भएका छन् । हैजाको महामारीले यमनमा थप संकटको अवस्था आएको छ । हैजाका कारण यमनमा दुई लाख भन्दा वढि प्रभावित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
युनिसेफ र डब्लुएचओले संयुक्त वक्तव्य निकालेर यमनमा फैलिएको हैजाको महामारी विश्वमा फैलिएको अहिलेसम्मकै गम्भीर र ठलो महामारी भएको जानकारी दिएका छन् ।

महामारी रोक्नका लागि सक्दो प्रयास गरिरहेको तर पनि नियन्त्रणमा आउन सकेको छैन । अहिलेसम्म हैजाका कारण १३ सय भन्दा धेरैको ज्यान गएको छ । सन् २०१५ देखि सरकारी सेना र हुथी बिद्रोहीबिच भएको द्वन्द्वका कारण खानेपानी र सरसफाईको अवस्था पतनको स्थितिमा पुगेको छ । सो महामारी रोक्ने प्रयास भईरहेको राष्ट्रसंघले जनाएको छ ।

प्रकाशित : 25 June, 2017

प्रतिक्रिया दिनुहोस्