केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आइतबार मध्यरातिदेखि मौन अवधि शुरु हुने, निर्वाचनको प्रचारप्रसार गर्न नपाईने

सहयात्रा टिभी

काठमाडौं । स्थानिय तहको दोस्रो चरणको चुनाव हुने क्षेत्रहरुमा आइतबार मध्यरातिदेखि मौन अवधि शुरु हुनेछ । मौन अवधि शुरु भएपछि मतदान सम्पन्न नभएसम्म कुनै पनि उम्मेदवारहरुको पक्ष वा विपक्षमा कुनै किसिमको प्रचारप्रसार गर्न पाईदैन । साथै, उम्मेदवार एवं पार्टीले वेबसाइट, फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जाल वा अन्य कुनै रेडियो वा टेलिभिजनका माध्यमबाट प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।
यदि यो नियमलाई कसैले उलंघन गर्ने वा गराएको पाईएमा वा निर्वाचनको मौन अवधि लागू भईसकेपछि सोको पालना नगरी निर्वाचन आचारसंहिता विपरीत त्यस्ता गतिविधि गरेको पाईएमा त्यस्ता दल तथा उम्मेदवार वा व्यक्तिहरुमाथि निर्वाचन आयोग ऐन २०७३ बमोजिम हदैसम्मको कारबाही गरिने आयोगले भनेको छ । यसर्थ, निवार्चन आयोगले स्थानीय तह निर्वाचन, निर्देशिका, २०७३ को दफा ६९ मा मौन अवधिमा प्रचारप्रसार गर्न निषेध गरिएकोले सो खालका गतिविधि नगर्न नगाराउन जानकारी दिएको छ ।

 

 

 

प्रकाशित : 25 June, 2017

प्रतिक्रिया दिनुहोस्