केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सीमा नाका निर्वाचनको ४८ घण्टा अगाडी देखि मतदान सम्पन्न नहुंदासम्म बन्द हुने

सहयात्रा टिभी

कपिलवस्तु । स्थानीय तहको निर्वाचनका सुरक्षालाई मध्यनजर गर्दै अप्रिय घटना नहोस भनेर निर्वाचनको ४८ घण्टा अघि देखि मतदान सम्पन्न नहुंदासम्म नेपाल भारत सीमा वन्द हुनेछ । निर्वाचनलाई लक्षित गर्दै चुनावका वखत कुनै पनि अप्रिय घटना नहोस भनेर सीमा वन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । दुवै देशका प्रशासन प्रमुखहरुको संयुक्त वैठकबाट निर्वाचनका वेला शान्ति सुरक्षा संयमित वनाउन सीमा नाका बन्द गर्ने निर्णय गरिएको हो ।

कपिलवस्तुको भारतीय सीमावर्ती जिल्ला सिद्धार्थनगरसँग जोडिएको सवै सीमा नाकाहरु आषाढ १२ गते अर्थात सोमवार विहान ७ वजेदेखि मतदानको दिन १४ गते अर्थात वुधवार मतदान सम्पन्न नहुंदा सम्म सीमा वन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

प्रकाशित : 25 June, 2017

प्रतिक्रिया दिनुहोस्