केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आइतबार बिहानैदेखि सबै मतदान केन्द्रमा कर्मचारी खटिए

सहयात्रा टिभी

कैलाली । स्थानिय तहको दोस्रो चरणको निवार्चनका लागि कैलालीका सबै स्थानीय तहमा दुई हजार ९ सय ४० कर्मचारी खटिएका छन् । एक उपमहानगरपालिका, सात नगरपालिका र छ गाउँपालिका गरी १३ वटा स्थानीय तह रहेको कैलालीमा २ सय ३१ मतदान स्थल र ४ सय ९० मतदान केन्द्र रहेका छन् । चुनावका लागि जिल्लामा ४ सय ९० मतदान अधिकृत र त्यतिकै सङ्ख्यामा सहायक मतदान अधिकृत, ९ सय ८० सहायक कर्मचारी र त्यतिकै सङ्ख्यामा कार्यालय सहयोगी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन स्थलमा खटिएका कर्मचारीले आइतबार बिहानैदेखि मतदाता परिचयपत्र वितरण गर्नुका साथै मतदाता शिक्षा दिइरहेका द्धन् । कैलालीमा ६ सय ८९ पदका लागि कुल तीन हजार ४ सय ४८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशित : 25 June, 2017

प्रतिक्रिया दिनुहोस्