कोलम्बिया १ सय ७० जना सवार डुंगा डुब्दा ६ को मृत्यु, १६ बेपत्ता

सहयात्रा टिभी

एजेन्सी । कोलम्बियाको एक तालमा यात्रु डुंगा डुब्दा ६ जनाको मृत्यु भएको छ भने १६ जना हराइरहेका छन् । एक सय ३३ जनाको सकुशल उद्धार गरिएको छ । कोलम्बियाको उत्तर पश्चिमी क्षेत्र ग्वाटापेमा रहेको तालमा डुंगा डुबेको बिबिसीले जनाएको छ । एक सय ७० जना चढेको डुंगा तालमा चलाउन सुरु गरेको पाँच मिनेटभित्रै डुबेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रकाशित : 26 June, 2017

प्रतिक्रिया दिनुहोस्