केपी ओली प्रचण्ड माधव नेपाल एमाले


झापामा एमालेका बागी उम्मेदवारी दिनेलाई पार्टीवाटै निष्काशन, साधारण सदस्यता पनि नरहने

सहयात्रा टिभी

झापा । नेकपा एमालेले झापामा पार्टीको आधिकारीता वाहेक वागी उम्मेदवारी दिएका कार्यकर्तालाई निष्काशन गरेको छ । एमाले जिल्ला निर्वाचन परिचालनको सोमबार बसेको बैठकले पार्टीको हित विपरित काम गरेको र अनुशासन उल्लङ्घन गरेको दोषी ठहर गर्दै विभिन्न ठाउँमा स्वतन्त्र र अन्य दलबाट उम्मेदवार बनेको आरोप लगाउँदै उनीहरुलाई पार्टीको साधारण सदस्यताबाट पनि निष्काशन गरेको हो ।

पार्टीको कारबाहीमा परेकामा दमक–३ का तेजस्वी थेवे, बिर्तामोड–५ का देवराज तामाङ र भोला तामाङ, बिर्तामोड–८ का कृष्ण श्रेष्ठ र बिर्तामोड–४ का दीपक मिश्र छन् । हल्दीबारी–३ का टङ्क भट्टराई र हल्दीबारी–४ का राजकुमार राईलाई समेत एमालेले कारबाही गरेको एमाले जिल्ला प्रचार विभागले जनाएको छ ।

प्रकाशित : 26 June, 2017

प्रतिक्रिया दिनुहोस्