चितवनमा एकसिङ्गे गैँडा मृत भेटियो

सहयात्रा टिभी

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कुमरोज मध्यवर्ती सामुदायिक वनमा आज दुर्लभ एकसिङ्गे गैँडा मृत अवस्थामा भेटिएको छ । करिव २८–३० वर्षको पोथी गैँडा कुमरोजको कङ्क्रिट मचान नजिकै मरेको मृत अवस्थामा भेटिएको हो । गएराति बिरामी परेको गैँडा सोमवार बिहान मृत भेटिएको हो । अनुसन्धान गर्दा घाँटी भाँचिएको पाइएको छ । केही दिन अघि मात्रै सामुदायिक वनको इचर्नी खोला नजीकै मरेको गैँडाको बच्चा (केटो) गोहीले खाएको अवस्थामा फेला परेको थियो । अहिले मर्ने पोथी गैँडा त्यही केटोको आमा भएको अनुमान गरिएको छ । एकसिङ्गे गैँडा नेपाल र भारतमा मात्रै पाइन्छ । पछिल्लो गैँडा गणनामा चितवन निकुञ्जमा ६ सय ५ गैँडा रहेको तथ्याङ्क पाईएको छ ।

प्रकाशित : 26 June, 2017

प्रतिक्रिया दिनुहोस्