केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाडौंमा फेरी स्वाइन फ्लू देखियो

सहयात्रा टिभी

काठमाडौं । काठमाडौंमा फेरी स्वाइन फ्लू देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले स्वाइन फ्लू देखिएको पुष्टि गरेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमै भर्ना भएकी काठमाडौं कुलेश्वर १६ की ३८ वर्षीया महिलामा स्वाइन फ्लू संक्रमण भएको पुष्टि भएको हो । खोकी, ज्वरो र सास फेर्न अप्ठारो भएर अस्पताल भर्ना भएकी उनमा इन्फ्लून्जा ए पिडिएम २००९ अर्थात स्वाइन फ्लू देखिएको टेकु अस्पतालले जनाएके छ । स्वाइन फ्लू बर्खाको सुरुवात र जाडोको अन्त्यतिर बढि देखिने गरेको छ । सामान्य अवस्थामा नै परीक्षण गरी उपचार नगराए यसले थप जटिल रोग निम्त्याउने भएको हुदां संक्रमणको जोखिमवाट वच्न समयमै सचेत रहन डाक्टरको सल्लाह छ ।

प्रकाशित : 26 June, 2017

प्रतिक्रिया दिनुहोस्