केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भरतपुर १९ को च्यातिएका मतपत्र सर्वोच्चमा पेश, तर बहस र फैसला भने आज नहुने

सहयात्रा टिभी

काठमाडौं । भरतपुर १९ मा मतगणनाका क्रममा माओवादी केन्द्रले च्यातिएको भनिएको ९० मतपत्र आज सर्बोच्च अदालतमा पेश हुँदैछ । एक साता अगाडी सर्वोच्चले भरतपुर महानगरपालिका वडा नम्बर १९ को पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयको सक्कलप्रति एवं च्यातिएको मतपत्र सवै अदालतमा पेश गर्न आदेश दिएको थियो ।

सर्वोच्चको आदेश वमोजिम च्यातिएका ९० मतपत्र र त्यसको मुचुल्का समेत भरतपुरवाट काठमाडौं पठाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कायममुकायम प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र हरिकृष्ण कार्कीको संयुक्त इजलासले च्यातिएका मतपत्र को सक्कलसहित पेश गर्न एक साताको समय दिएको थियो । अदालतले सक्कल कागजात र मिसिल पेश गर्नु भनेको आज सात दिन पुगेको छ ।

अदालतले मागेका सबै कागजपत्रहरु सर्वोच्च अदालतमा पेश भए पनि आज बहस र फैसला भने नहुने भएको छ । अदालतले मागेका सवै प्रमाणहरुको जांच गरि अर्को पेशी तोकिनेछ ।

पछिल्लो मतगणना अनुसार भरतपुर महानगरपालिकामा एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले ७ सय ८३ मतले माओवादी र कांग्रेसकी साझा उम्मेदवार रेणु दाहाललाई पछि पारिरहेका थिए ।

प्रकाशित : 27 June, 2017

प्रतिक्रिया दिनुहोस्