केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बन्दको हल्लाका कारण पाल्पामा सवारी आवागमन ठप्प, मतदाता अलपत्र

सहयात्रा टिभी

पाल्पा । पाल्पामा बन्द हल्लाको कारण सवारीसाधन नचल्दा मतदानका लागि जान लागेका मतदाता अलपत्र परेका छन् । बन्दको हल्लाले गर्दा मंगलबार बिहानैदेखि पाल्पा र वरिपरिका क्षेत्रमा सवारीसाधन नचलेका कारण मतदाता समयमै मतदानस्थल सम्म नपुग्ने भएका छन् । आधिकारीता विना गरिएको वन्दको हल्लाले सर्वसाधारण मारमा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय तहको दोस्रो चरणको चुनाव पनि असफल पार्न भन्दै बन्दको आह्वान गरेको जनाएको थियो । सोहि कारणले पाल्पा र आसपासका क्षेत्रमा सवारी आवागमन ठप्प प्रायः रहेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ ।

प्रकाशित : 27 June, 2017

प्रतिक्रिया दिनुहोस्