केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मतदाता परिचयपत्र नपाएकाले पनि मताधिकार प्रयोग गर्न पाउने, सरकारी कागजात साथमा लिएर जानुस् भोट हाल्न पाईन्छ

सहयात्रा टिभी

काठमाडौं । स्थानीय तहको दोस्रो चरणको असार १४ गतेको चुनावमा मतदाता परिचय पत्र लिन नपाएका वा छुटेकालाई अन्य सरकारी कागजात देखाएर पनि आफ्नो मताधिकार प्रयोग गर्न पाईने निर्वाचन आयोगले जनाएको छ । मतदाता परिचयपत्रका सम्बन्धमा परिचय पत्र नभएकाले के गर्ने भन्ने सम्वन्धमा वसेको असार १२ गतेको बैठकको निर्णय अनुसार मतदाता परिचयपत्रका अतिरिक्त अन्य सरकारी कागजातलाई पनि मान्यता दिने निर्णय गरेको आयोगले विज्ञप्ती मार्फत जनाएको छ ।

मतदाताको फोटोसहितको नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र वाहेक नेपाली नागरिकताको प्रमाणपत्र वा ०७० मा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र, राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्रका आधारमा पनि मतदान गर्न पाउने व्यवस्था आयोगले मिलाएको छ ।

प्रकाशित : 27 June, 2017

प्रतिक्रिया दिनुहोस्