केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रदेश नम्बर १, ५ र ७ मा विहान ७ वजेदेखि मतदान शुरु, मतदान केन्द्रका अधिकांश ठाउँमा वर्षा

सहयात्रा टिभी

काठमाडौं । स्थानिय तहको दोस्रो चरणको मतदान प्रक्रिया असार १४ गते अर्थात बुधबार मतदान हुने १, ५ र ७ नम्बर प्रदेशका सवै ठाउमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदै छ। यस्तै गरि, वर्षातको समय भएको कारण पनि धेरै ठाउँमा अहिले पानी परिरहेको छ । विशेषगरी १ र ५ नम्बर प्रदेशमा पानी पर्ने क्रम बढीरहेको र १ नम्बर प्रदेशमा ताप्जेजुङ, संखुवासभा बाहेकका जिल्लामा ठूलो पानी परिरहेको छ ।

त्यस्तै, यता ५ नम्बर प्रदेश बाँके, बर्दिया बाहेकका ठाउँमा पानी परिरहेको छ । ७ नम्बर प्रदेशमा भने डडेलधुरा, डोटी, अछाम लगायतका जिल्लामा पानी परिरहेको छ । प्रदेश नम्बर १ र ५ मा पानी पर्ने क्रम बढीरहेको छ । दुई हप्ता अघि पूर्वी नेपालबाट प्रवेश गरेको मनसुनका कारण देशका धेरै ठाउँमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दोस्रो चरणको मतदान हुने ३ वटा प्रदेशमा कूल ३ सय ३४ स्थानीय तह रहेका छन् भने २८ सय ७४ वडामा ४ हजार ५ सय ८१ मतदान स्थल रहेका छन् । त्यस्तै, ८ हजार ३ सय ६४ मतदान केन्द्र रहेका छन् भने ६४ लाख ३२ हजार ६५ मतदाताले १५ हजार ३८ पदाधिकारीलाई निर्वाचित गर्नेछन्। ३५ जिल्लाका १ महानगरपालिका, ७ उपमहानगरपालिका १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा ६२ हजार ४ सय ८ उम्मेदवार चुनावी मैदानमा छन्।

पहिलो चरणको निर्वाचन प्रदेश नम्बर ३, ४, ६ मा वैशाख ३१ गते सम्पन्न भएको थियो भने दोस्रो चरणको असार १४ गते र  तेस्रो चरणको निर्वाचन भने असोज २ गते गर्ने यसअघिनै तेकिसकिएको छ ।

प्रकाशित : 28 June, 2017

प्रतिक्रिया दिनुहोस्