केपी ओली प्रचण्ड माधव नेपाल एमाले


तपाईले खसालेको मत बदर होला, वदर नहुने गरी कसरी भोट हाल्ने ?

सहयात्रा टिभी

काठमाडौं । स्थानीय तहको पहिलो चरणको चुनावका वखत धेरै मत बदर भएपछि निर्वाचन आयोगले दोस्रो चरणको चुनावका लागि मतदाता शिक्षा प्रभावकारी बनाउन मतदान केन्द्र तोकिएको सवै ठाउमा जानकारीमूलक एवं सूचनामुलक गतिविधि सञ्चालन यसअघि गरिसकेको थियो ।

कुनै पनि मत खेर नजाओस भनेर बदर नहुने गरी कसरी भोट हाल्ने ?
बुधबार बिहान ७ बजेदेखि १, ५ र ७ नम्बर प्रदेशका ३५ जिल्लामा वुधवार विहान ७ वजेदेखि सांझ ५ वजेसम्म मतदान हुँदैछ । झण्डै २० वर्ष पछि भएको स्थानिय तहको निर्वाचनमा पहिलो चरणको चुनावमा भन्दा दोस्रो चरणको चुनावमा मतपत्र ठूलो भएकोले र दलहरु पनि धेरै भएकोले मतदाता अलमलमा परेका हुन् । मतपत्रमा सात ठाडो लहरमा बेग्लाबेग्लै चुनाव चिन्ह राखिएका छन् । आफूले रोजेका सात उम्मेदवारलाई सातै ठाउँमा स्वस्तिक छाप लगाउनुपर्छ । गाउँपालिका वा नगरपालिकाका अध्यक्ष वा प्रमुखको लागि एक ठाउँमा, उपप्रमुखका लागि १ ठाउँमा, वडाध्यक्षको लागि एकठाउँमा, महिला वडासदस्यको लागि एक ठाउँमा, दलित महिला सदस्यको लागि एक ठाउँमा र २ जना खुला वडा सदस्यका लागि २ ठाउँमा छाप लगाउनुपर्छ ।

त्यस्तै, दायाँ लहरबाट क्रमश प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र २ वटा खुला सदस्यको लागि चिन्ह दिइएको छ । छैठौं र सातौं लहरको कोठामा खुला वडा सदस्यका लागि चुनाव चिन्ह छुट्याइएकाले त्यहाँ भने ठाडो या तेर्सो लहरमा लगातार दुई वटा चिन्हमा छाप लगाए हुन्छ ।

प्रकाशित : 28 June, 2017

प्रतिक्रिया दिनुहोस्