केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दोलखामा गएको पहिरोमा परि एकै परिवारका ३ जना बेपत्ता

सहयात्रा टिभी

दोलखा । दोलखामा वुधवार विहान पहिरो जादा एकै परिवारका ३ जना वेपत्ता भएका छन् । पहिरोले २ घर वगाएको छ । दोलखाको भिमेश्वर नगरपालिका–९ लाँकुरीडाँडास्थित कुत्कुते डाँडामा गएको पहिरोले २ घर बगाउँदा ४ जना बेपत्ता भएका छन् । वुधवार विहान गएको पहिरोमा परि मंगले थामीकी श्रीमती शान्ति थामी, उनका छोरीहरु रोशनी थामी र सन्तोषी थामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएकोे छ । मंगले थामी भने शौचालय गएका वेला पहिरो गएकोले बाँच्न सफल भएका छन् । गांउ भन्दा माथिबाट ठुलो पहिरो खसेकोले घर नै वगाएको हुदा एकै परिवारका ३ जना वेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : 28 June, 2017

प्रतिक्रिया दिनुहोस्