केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आफ्नो उपचार निःशुल्क रुपमा गाउँमै हुन्छ भनेपछि दाङमा प्यारालाइसिस भएका दूई जनाले हाले भोट

सहयात्रा टिभी

दाङ । दाङको घोराही उपमहानगरपालिकाको वडा नम्बर १ मतदान केन्द्रमा बुधबार प्यारालाइसिस भएका दुइ  जना मतदानका लागि पुगेका थिए । १५ वर्षअघि प्यारालाइसिस भएकी ६३ वर्षकी मोतीदेवी ओली र ६ वर्षअघि प्यारालाइसिस भएका ६० वर्षका ओबीराम खत्रीको शरीर चल्दैन ।
उनिहरु आफै हिँड्न नसक्ने भएकाले उनीहरुले भोट हाल्न जाने मनासाय व्यक्त गरेपछि आफन्तको सहारामा भोट हाल्न मतदान स्थल पुगेका थिए ।

‘सिंहदरबारको अधिकार गाउँमा आउँछ, तपाईंको रोगको निःशुल्क उपचार अब गाउँमै हुन्छ भनेपछि भोट हालियो’ ओबीराम खत्रीले भने । त्यस्तै, ‘चुनाव पछि हाम्रो नचल्ने शरीर चल्ने वनाउने गाउँमानै निशुल्क उपचार गरिदिने भनेपछि सोहि आशामा दलहरुले धेरै नै आग्रह गरेको हुनाले  भोट हाल्न गयौं’ मोतीदेवी ओलीले भनिन् ।

यि दुई विरामी त केवल उदाहरण मात्रै हुन्, यस्ता धेरै अपेक्षा राख्ने ग्रामिण भेगमा धेरै छन्  जो आफ्नो गाउँमा साच्चीकै विकास र विस्तार भएको हेर्न चाहन्छन् । आफुलाई भोट चाहिदा गांउ घरका आंगनमा पुग्ने दलका नेताहरु चुनाव जितेपछि उनिहरुको आशा र भरोषालाई अन्देखा नगरुन भन्ने सवै नेपालीको अपेक्षा छ ।

प्रकाशित : 28 June, 2017

प्रतिक्रिया दिनुहोस्