केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बैदेशिक रोजगार ब्यवसायी संघको निर्वाचन हुदै, ६ जना महिला ब्यवसायी प्रतिष्पर्धामा

सहयात्रा टिभी

काठमाडौं । आगामी असार ३० गते हुन लागेको नेपाल बैदेशिक रोजगार ब्यवसायी संघको २५ औं साधारण सभा तथा निर्वाचन हुने भएको छ । सो निर्वाचनमा दुई पदाधिकारी र सदस्यमा गरी ६ जना महिला ब्यवसायी प्रतिस्पर्धामा उत्रिएका छन । निर्वाचनमा एमाले र माओवादी केन्द्र निकटसहित बिभिन्न ६ ओटा संगठनको तर्फबाट अध्यक्षका उम्मेदवार बनेका रोहन गुरुङ समुहबाट द्धितीय उपाध्यक्षसहित चार र कांग्रेसबाट उम्मेदवार बनेका बिमल ढकाल प्यानलबाट दुई गरी ६ जना महिला ब्यवसायी चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन । युवा महिला ब्यवसायी श्रेष्ठ यसअघि संघको सचिवका रुपमा एक कार्यकाल काम गरिसकेकी छन । गुरुङ समुहले कोषाध्यक्षमा पाजु इन्टरनेश्नल प्रालिकी सञ्चालिका रमिला ताम्राकार रोका मगरलाई उम्मेदवार बनाएको छ ।

संघको यो निर्वाचनमा पदाधिकारीमा महिलाबीच कोषाध्यक्षमा मात्रै प्रतिस्पर्धा हुने भएको छ । कटुवाल र ताम्राकार दुवैले महिला प्रतिस्पर्धी नचाहे पनि संगठनले तय गरेको कारण प्रतिस्पर्धा गर्न लागेका हुन । संघको निर्वाचनमा एमाले निकट प्रगतिशिल बैदेशिक रोजगार ब्यवसायी मञ्च र माओवादी निकट गणतान्त्रिक मञ्चसहित ६ संगठनबीच प्रतिस्पर्धा भई गुरुङ नेतृत्वको टीमले दुई पदाधिकारी र दुई सदस्य गरी चार जनालाई चुनावी मैदानमा उतारेको छ भने ढकाल समुहले एक पदाधिकारीसहित दुई महिलालाई प्रतिस्पर्धामा उतारेको हो ।

 

प्रकाशित : 28 June, 2017

प्रतिक्रिया दिनुहोस्