बझाङ र अछाम जिल्लाका ३ मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने कांग्रेसको माग

सहयात्रा टिभी

काठमाडौ । नेपाली कांग्रेसले बझाङ र अछाम जिल्लाका तीन मतदान केन्द्रमा नेकपा एमालेले सो केन्द्र कब्जामा लिएर एकलौटी रुपमा मत हालेको आरोप लगाएको छ । स्वतन्त्र रुपमा निर्वाचनमा सहभागी भई मत हाल्न पाउने नागरिकको अधिकार एमालेले हनन गरेको भन्ने कांग्रेसले आरोप लगाएको छ । नेपाली कांग्रेसले बझाङ र अछाम जिल्लाका तीन मतदान केन्द्रमा पुनः मतदान गराउन निर्वाचन आयोगसंग माग गरेको छ ।

नेकपा एमालेका कार्यकर्ताले नेपाली कांग्रेसका प्रतिनिधिलाई मतदान स्थलमा जान नदिई ति तीनै मतदान केन्द्र आफ्नो कब्जामा लिई एकलौटी रुपमा मतदान गरेको आरोप लगाएको हो ।

प्रकाशित : 29 June, 2017

प्रतिक्रिया दिनुहोस्