पहिलो र दोस्रो चरणको निर्वाचन उत्साहजनक रूपमा सम्पन्न, अव एउटा प्रदेशमा मात्र निर्वाचन बाँकीः आयोग
सहयात्रा टिभी
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरण र दोस्रो चरणको निर्वाचन केहि छिटपुट घटना वाहेक शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ । आयोगले प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा बुधबार पत्रकार सम्मेलनमार्फत ७०.५ प्रतिशत मतदान भएको जानकारी दिएको थियो ।
स्थानीय तहको पहिलो चरणको निर्वाचनमा ७६ प्रतिशत मत खसेको थियो थियो भने २ सय ८३ स्थानीय तहमा निर्वाचन भएको थियो । पहिलो चरणका २ सय ८३ स्थानीय तहबाट १५ हजार ५ सय ५६ जनप्रतिनिधि निर्वाचिचत भएका थिए । अव तेस्रो चरणको निर्वाचन असोज २ मा हँुदैछ भने १ सय २७ स्थानीय तहमा निर्वाचन हुदैछ ।