केपी ओली प्रचण्ड माधव नेपाल एमाले


संखुवासभा २ मा कांग्रेस विजयी

सहयात्रा टिभी

संखुवासभा । संखुवासभाको दुई गाउँपालिकामा कांग्रेस विजयी भएको छ । संखुवासभाका चिचिला गाउँपालिकामा कांग्रेसका अध्यक्षका उम्मेदवार पासाङ नर्बु शेर्पा १४ सय ६२ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी एमालेका सन्तोष गुरुङले ७ सय ७० मत मत ल्याएका थिए । कांग्रेसका अध्यक्षका उम्मेदवार शेर्पाले लगभग आधा भन्दा वढि मतको अन्तरले जितेका छन् ।

यस्तै, उपाध्यक्षमा पनि कांग्रेसकै यदुकुमारी राई १३ सय ७१ मत सहित विजयी भए भने राईको प्रतिस्पर्धी एमालेका उम्मेदवारले ७ सय ४९ मत पाए । संखुवासभामा १० स्थानीय तहमध्ये ५ नगरपालिका र ३ गाउँपालिकाको मतगणना भने जारी छ ।

प्रकाशित : 30 June, 2017

प्रतिक्रिया दिनुहोस्