केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बाजुराको बडिमालिकामा शिक्षकलाई हराएर सोहि विद्यालयका विद्यार्थी विजयी

सहयात्रा टिभी

बाजुरा । बाजुराको बडिमालिका नगरपालिका वडा नं ८ मा नेपाली कांग्रेसका कान्छा उम्मेदवार प्रकाश रावल विजयी भएका छन् । उनका प्रतिष्पर्धी एमालेका दलबहादुर थापालाई पराजित गरेका हुन् । वडा नम्वर ८ का श्री मालिका उच्च माविका शिक्षक दलबहादुर थापा लाई त्यही विद्यालयमा अध्ययन गरेका र हाल स्नातक पढ्दै गरेका २१ वर्षका प्रकाश रावलले पराजित गरेका हुन् । शिक्षक दलबहादुर थापा वडाध्यक्षमा उठ्नका लागि शिक्षक पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित : 30 June, 2017

प्रतिक्रिया दिनुहोस्