खोटाङ दिप्रुङ गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवैमा कांग्रेसको जित
सहयात्रा टिभी
खोटाङ । खोटाङको दिप्रुङ गाउँपालिकामा कांग्रेस बिजयी भएको छ । कांग्रेसका उम्मेदवार भूपेन्द्र राईले ११ सय मत ल्याएर विजयी भएका हुन् । उनले ११ सय मतको अन्तरले एमालेलाई पछि पार्दै गाउँपालिका प्रमुखमा विजयी भएका हुन् । राईले २ हजार ९ सय २ मत ल्याएका छन् भने एमालेका अर्जुन रोकाले १ हजार ८ सय २ मत ल्याएका छन् ।
त्यस्तै, उपप्रमुखमा २ हजार २ सय ५१ मत ल्याएर कांग्रेसकी सपना राई विजयी भएकी छने भने एमाालेकी अम्बिका राईले १ हजार ९ सय ८१ मत ल्याएकी छन् ।