सोलुखुम्बु सोताङ गाउँपालिकामा एमालेको जित

सोलुखुम्ब । सोलुखुम्बुको सोताङ गाउँपालिकामा एमाले जित हासिल गरेको छ । एमालेका वीरबहादुर राई १ हजार ३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्धन्दी स्वतन्त्र उम्मेदवार दीपक खड्काले ८ सय ७१ मत ल्याएका थिए । राईले खड्कालाई १ सय ३० मत अन्तरले पराजित गरेका हुन् ।
यस्तै, उपाध्यक्षमा एमालेकी लक्ष्मी बस्नेत १ हजार ६ सय ७३ मत ल्याएर विजयी भएकी छन् ।