केपी ओली प्रचण्ड माधव नेपाल एमाले


तेह्रथुममा पहिरोले पुर्दा एकै परिवारका ३ को मृत्यु

सहयात्रा टिभी

फिदिम । तेह्रथुम नगरपालिका ५ आमदिमा गएराति गएको पहिरोमा परि एकै परिवारका तीन जनाको मृत्यु भएको छ । घरमाथिवाट खसेको पहिरोले घर पुरिदा एकै परिवारका ३ जना मध्ये, ५० बर्षीय कुमारी लिम्बु, उनकी ९ वर्षीया नातिनी प्रिती र ७ वर्षीय नाती प्रेम लिम्बुको ज्यान गएको हो । मध्येरातमा सुतिरहेको बेलामा गएको पहिरोले घर पुर्दा अन्य ३ जना घाईते भएको सशस्त्र प्रहरी बल म्याङलुङ गुल्म जिरिखिम्ति प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : 1 July, 2017

प्रतिक्रिया दिनुहोस्