केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्री र निर्वाचन आयोग पदाधिकारीविच छलफल, प्रदेससभाको चुनाव असोजमा गर्न आयोगको सुझाव

सहयात्रा टिभी

काठमाडौं । सरकारलाई निर्वाचन आयोगले असोजमा प्रदेश सभाको चुनाव गर्न सुझाव दिएको छ । शनिवार प्रधानमन्त्री शेरवहादुर देउवालाई भेटि आयोगले सो सुझाव दिएको हो । यतिवेला, पहिलो चरणको निर्वाचन सकिएको र दोस्रो चरणको स्थानीय तहको निर्वाचन पनि सकिसकिएको र सोको मतगणना भइरहेका बेला आयोगका पदाधिकारीले प्रधानमन्त्री देउवासमक्ष असोजमा प्रदेश सभाको चुनाव गर्नका लागि सुझाव दिएका हुन् ।

आगामी असोज ३ मा २ नम्बर प्रदेशको चुनाव हुदैछ । सो निर्वाचन सकिएलगत्तै प्रदेशसभाको चुनावमा लाग्नका लागि समयमानै सोको तयारी गर्न सरकारसमक्ष आज आयोगले छलफल गरेको हो । छलफलमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव, आयुक्तहरू नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल, सुधीरकुमार शाह एवं आयोगका निमित्त सचिव महेश्वर न्यौपाने सहभागी थिए ।

 

प्रकाशित : 1 July, 2017

प्रतिक्रिया दिनुहोस्