केपी ओली प्रचण्ड माधव नेपाल एमाले


परराष्ट्रमन्त्री महरा आइतबार दुई दिने भारत भ्रमणमा जाँदै

सहयात्रा टिभी

काठमाडौँ । परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आइतबार दुई दिने भारत भ्रमणको लागि त्यसतर्फ जाँदैछन् । भ्रमणका क्रममा उनले भारतका विदेशमन्त्री सुष्मा स्वराजसँग भेटी द्विपक्षीय हितबारे छलफल गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार भारतका विदेशमन्त्री स्वराजको निमन्त्रणामा मन्त्री महरा भारत जान लागेका हुन् ।

भारतसँगको कुटनीतिक सम्बन्ध विस्तार र संयुक्त राष्ट्रसंघको मानव अधिकार काउन्सिल सदस्यमा नेपालले दिएको उम्मेदवारीको पक्षमा समर्थन जुटाउनका लागि मन्त्री महरा भारत भ्रमणमा जाज लागेका हुन् ।

प्रकाशित : 1 July, 2017

प्रतिक्रिया दिनुहोस्