केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्युठान गौमुखी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेसको जित

सहयात्रा टिभी

प्युठान । प्युठानको गौमुखी गाउँपालिकामा नेपाली कांग्रेसले जित हांसिल गरेको छ । नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार विष्णु कुमार गिरीले ३ हजार ७ सय ४२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्धन्दी राष्ट्रिय जनमोर्चाका विदुर मल्लले २ हजार ५ सय ७४ मत ल्याएका थिए ।

यस्तै, उपाध्यक्षमा पनि कांग्रेसको उम्मेदवार तुलसी सुनारलाई ३ हजार ९० मत प्राप्त भयो, र उपप्रमुखमा एमालेका ज्ञानुमाया केसीलाई २ हजार ६ सय २७ मत प्राप्त भयो ।

प्रकाशित : 2 July, 2017

प्रतिक्रिया दिनुहोस्