केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कुश्मामा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जना बेपत्ता

सहयात्रा टिभी

 

कुश्मा । गएराति पर्वतको महाशिला गाउँपालिका १ मा वर्षासँगै आएको पहिरोले घर वगाउदा एकै परिवारका ३ जना हराएका छन् । तीर्थबहादुर मल्लको घरको माथिवाट आएको पहिरोले घर पुरिएको हो । घर पुरिँदा तिर्थवहादुर मल्ल र उनकी आमा ८० वर्षिया र श्रीमती बेपत्ता भएका छन् । घरमाथिबाट आएको पहिरोले घर र गोठ पुरै परिएको हो । पहिरोमा परि बेपत्ता भएकाहरुको खोजी र उद्धारका लागि इलाका प्रहरी कार्यालय हुवासबाट प्रहरी घटनास्थलतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारीले वताएका छन् ।

प्रकाशित : 2 July, 2017

प्रतिक्रिया दिनुहोस्