केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जहाँजहाँ जितिएको छ, अव त्यहां त्यहां जनताको जीवनमा परिवर्तन ल्याउनु पर्छः ओली

सहयात्रा टिभी

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार पहाड र तराई छुट्टयाएरै छाड्ने आपराधिक योजनाका साथ अघि बढिरहेको अरोप लगाउका छन् । यो सरकार मुलुकलाई तहस नहस बनाउन खडा गरिएको गठबन्धन हो, जो तराई र पहाड छुट्टयाएरै छाडने योजनाका साथ अघि बढिरहेको छ, एमाले काठमाडौंले नगर कार्यपालिकाका निर्वाचित जनप्रतिनिधिका लागि शनिवार आयोजित प्रशिक्षणमा अध्यक्ष ओलीको भनाई थियो । ओलीका अनुसार असोज २ गते प्रदेश २ मा हुने निर्वाचन अगावै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल संबिधान संशोधनमार्फत मुलुक बिखण्डन गर्न चाहिरहेका छन् ओलिको आरोप थियो । एमाले अध्यक्ष ओलीले राष्ट्रियताको सवालमा, भौगोलिक अखण्डताको सवालमा एमाले पछि नहटने प्रष्ट पारे ।

राष्ट्रियताको सवाल कमजोर पार्नकै लागि अहिलेको गठबन्धन बनेको र सरकार देश हितलाई गम्भीर रुपमा नोक्सान पार्न लागिपरेको ओलीको भनाई थियो । ‘प्रधानमन्त्री बनेलगत्तै शेरबहादुर देउवाले गरेको घोषणा निकै गम्भीर छ, उहाँहरुको प्रष्ट योजना संबिधान संशोधन गरेर तराई र पाहाड छुट्टयाइ छोड्ने हो, त्यो पनि स्थानीय तह निर्वाचन अगावै,’ ओलीको भनाई थियो ।

ओलीले राष्ट्रियता र लोकतन्त्रको रक्षासँगै अव बिकाशलाई तीब्रता दिएर जनताको मुहार फेर्ने काममा लाग्न सवै निर्वाचित पदाधिकारीलाई निर्देशन समेत दिएका छन् । ‘हाम्रो उदेश्य राजनीति मात्रै गर्ने होइन, देश बनाउने हो, हाम्रो राजनीति देश बनाउनका लागि हो, ‘स्थानीय तह जितिएको छ, जहाँजहाँ जितिएको छ, त्यहा अव जनताको जीवनमा परिवर्तन ल्याउनु पर्छ ओलीको भनाई थियो ।’

प्रकाशित : 2 July, 2017

प्रतिक्रिया दिनुहोस्