केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इलामको रोङ गाउँपालिकामा कांग्रेस विजयी

सहयात्रा टिभी

इलाम । इलामको रोङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले जित हांसिल गरेको छ । कांग्रेसका अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका शम्शेर राईले ३ हजार ९ सय ८५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका बृहस्पती खतिवडाले ३ हजार ६ सय ७२ मत प्राप्त गरे ।

त्यस्तै, कांग्रेसको उपाध्यक्षको उम्मेदवार चन्द्रकला बुढाथोकी राईले ४ हजार १ सय १३ मत प्राप्त गर्दै विजयी भईन भने उनका प्रतिद्वन्द्वी विष्णु खवासलाई ३ हजार ६ सय ६७ मत प्राप्त भयो ।

प्रकाशित : 2 July, 2017

प्रतिक्रिया दिनुहोस्