केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बैतडीको पुरचौंडी नगरपालिकामा मेयर एवं उपमेयर दुवैमा माओवादी विजयी

सहयात्रा टिभी

बैतडी । बैतडीको पुरचौडी नगरपालिकाको मेयरमा नेकपा माओवादीका रणबहादुर कुँवर विजयी भएका छन् । जिल्लाका १० वटा स्थानीय तहमध्ये पुरचौडी नगरपालिकामा माओवादी केन्द्र विजयी भएको हो । कुंवरले ४ हजार ४ सय ४६ मत ल्याएर विजय भए भने उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका दीपकबहादुर बमले ४ हजार १ सय ११ मत प्राप्त गरे ।

यस्तै, उपमेयरमा नेकपा माओवादीका उम्मेदवार जानकी ऐर बम विजयी भएका छन् । बमले ४ हजार ९ सय ८४ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्दी नेकपा एमालेकी जानकी साउँदले ३ हजार ९ सय ८७ मत प्राप्त गरिन् ।

 

प्रकाशित : 2 July, 2017

प्रतिक्रिया दिनुहोस्