केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पेट्रोल, डिजेल, मट्टितेल र ग्याँसको मूल्य घट्यो

सहयात्रा टिभी

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिमय पदार्थ एवं खाना पकाउने ग्यासको मूल्य घटाएको छ । निगमले आइतवार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाईने जनाएको छ । अव पेट्रोलियम पदार्थमा २ रूपैयाँ घट्ने भएको छ । मूल्य घटेपछि पेट्रोल अब प्रतिलिटर ९८ रुपैयाँ प्रतिलिटर हुने भएको छ । यस्तै, डिजेल र मट्टितेलमा पनि प्रतिलिटरमा २ रुपैयाँ घटेको छ । यस हिसावले अव ७४ रुपैयाँ कायम भएको छ ।

यस्तै, खाना पकाउने एलपीजी ग्यासको मूल्य पनि घटेको छ । अब ग्यासको मूल्य प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँ भएको छ । हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँ घटाइएको छ । यसअघि ८६ रुपैयाँ प्रतिलिटर रहेको हवाई इन्धनको मूल्य अब ८४ रुपैयाँ हुनेछ ।

इण्डियन आयल कर्पोरेशन (आईओसी) ले जुलाईमा पठाएको मूल्य सूचीको आधारमा सबै प्रकारको इन्धनको मूल्य समायोजन गरिएको निगमका प्रवक्ता सिताराम पोखरेलले जानकारी दिनुभयो। केही दिन अघि मात्रै पेट्रोलको मूल्य समायोजन गरी प्रति लिटर १ सय, डिजेल र मट्टितेलको प्रति लिटर ७६ रुपैयाँ कायम भएको थियो।

 

प्रकाशित : 2 July, 2017

प्रतिक्रिया दिनुहोस्