केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रुपन्देहीको गैडाहवामा संघीय समाजबादी फोरमको अध्यक्ष एवं उपाध्यक्ष दुवैमा जित

सहयात्रा टिभी

रुपन्देही । रुपन्देहीको गैडाहवा गाउँपालिकामा संघीय समाजबादी फोरमका अध्यक्षका उम्मेदवार बच्चुलाल केबट ५ हजार ४ सय १६ मत ल्याएर बिजयी भएका छन् । उनका प्रतिद्धन्दी नेपाली कांगे्रसका अध्यक्ष पदका उम्मेदवार ओसी उल्लाहा मुसलमानले ३ हजार २ सय ७६ मत मात्र प्राप्त गरे ।
त्यस्तै, उपाध्यक्षमा पनि फोरमले नै जित हांसिल गरेको छ । फोरमका उपाध्यक्षका उम्मेदवार सुवावती यादबले ४ हजार ९ सय ७५ मत ल्याएर विजयी भएकी हुन् भने उनको प्रतिद्धन्दी कांग्रेसकै उपाध्यक्षका उम्मेदवार मञ्जु न्यौपानले ३ हजार २ सय ९० मत मात्र प्राप्त गरिन् ।

प्रकाशित : 2 July, 2017

प्रतिक्रिया दिनुहोस्