केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मेक्सिकोमाथि पोर्चुगलको जित

सहयात्रा टिभी

एजेन्सी । तेस्रो उपाधिका लागि कन्फेडेरेसन्स कपको आइतबार भएको खेलमा पोर्चुगलले मेक्सिकोलाई २–१ को अन्तरले जितेको छ । निर्धारित समय भन्दा केही सेकेण्ड बाँकी रहँदा पोर्चुगलका लागि पेपेले गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । लुइस नेटोले खेलको ५४ औं मिनेटमा पोर्चुगलका लागि आत्मघाती गोल गरेपछि खेलमा मेक्सिको हावी भएको थियो ।

खेलको १५औं मिनेटमा पोर्चुगलका खेलाडी आन्द्रे सिल्भालाई पेनाल्टी एरियामा लडाएपछि पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसकेपछि पोर्चुगलको खेल धर्माराएको थियो । खेलमा अतिरिक्त समयको १४ औं मिनेटमा मेक्सिकोको खेलाडीले ह्यान्डबल गरेपछि पाएको पेनाल्टीलाई एड्रियन सिल्भाले गोलमा परिणत गरेपछि पोर्चुगलको जित हात पारेको हो ।

प्रकाशित : 2 July, 2017

प्रतिक्रिया दिनुहोस्