कृष्ण सिटौलाको निर्वाचन क्षेत्रवाट राप्रपाले खाता खोल्यो

सहयात्रा टिभी

झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्रवाट राप्रपाले जित हांसिल गरेको छ । सोमबार झापाको कचनाकवलमा जितेसँगै कांग्रेसका नेता सिटौलाको निर्वाचन क्षेत्रवाट दोस्रो चरणमा राप्रपाले खाता खोलेको हो । पहिलो चरणमा राप्रपाले एक स्थानीय तहमा नै जितेको थियो । राप्रपाका अध्यक्षका उम्मेदवार अन्जार आलमले ५ हजार ८ सय १६ मत ल्याएर विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार कालेन्द्रप्रसाद राजवंशीले ३ सय ८० मत मात्र प्राप्त गरे ।

यस्तै, उपाध्यक्षमा पनि राप्रपाकै उम्मेदवार निनसरी राजवंशी ५ हजार ७ सय ९२ मत ल्याएर विजयी भएकी छिन् भने उनको प्रतिद्वन्द्वी नेपाली कांग्रेसको गीता ओडारीले ७ सय मत मात्र प्राप्त गरिन् ।

 

प्रकाशित : 3 July, 2017

प्रतिक्रिया दिनुहोस्