केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गुल्मी इस्मा गाउँपालिकामा अध्यक्ष एवं उपाध्यक्ष दुवैमा एमालेको जित

सहयात्रा टिभी

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा एमाले विजयी भएको छ । इस्मा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेले जित हांसिल गरेको हो । एमालेका अध्यक्षका उम्मेदवार लक्ष्मण विष्टले ५ हजार ४२ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी कांग्रेसका चन्द्र बहादुर महतले ४ हजार मत मात्र प्राप्त गरे ।
त्यस्तै, उपाध्यक्षमा पनि एमालेले कव्जा गर्न सफल भयो । एमालेका उपाध्यक्षका उम्मेदवार विमला केसीले ४ हजार ९ सय २३ मत ल्याएर विजयी भईन भने उनका प्रतिद्धन्दी कांग्रेसका उपाध्यक्षका उम्मेदवार गीता घिमिरेले ३ हजार ६ सय १८ मत प्राप्त गरिन् ।

प्रकाशित : 3 July, 2017

प्रतिक्रिया दिनुहोस्