केपी ओली प्रचण्ड माधव नेपाल एमाले


स्थानीय तहको चुनावमा उपमहानगरपालिकामा राप्रपाको पहिलो जित

सहयात्रा टिभी

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विजयी भएको छ । राप्रपाका उम्मेदवार धवल समशेर राणाले १२ हजार ५ सय १५ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी कांग्रेसका डा. सुरेशकुमार कनौडियाले ८ हजार ७ सय ३० मत मात्र मात्र ल्याए ।

त्यस्तै, नेपाली कांग्रेसकी उपमेयरमा उम्मेदवार दिएकी उमा थाप मगरले १० हजार ७ सय ३१ मत ल्याएर जित हांसिल गरेकी छिन् भने उनको प्रतिद्धन्दी राप्रपाकी रमा रानी वैश्यले ८ हजार ९ सय २४ मत मात्र प्राप्त गरिन् । स्थानीय तहको चुनावमा उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले जितेको यो पहिलो हो ।

प्रकाशित : 4 July, 2017

प्रतिक्रिया दिनुहोस्