केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मतपेटिकामा एसिड हाल्ने कार्यकर्ता पक्राउ गरेको विरोधमा रोल्पा बन्द

सहयात्रा टिभी

रोल्पा । रोल्पमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अनिश्चितकालिन यातायात बन्द गरेको छ । मतपेटिकामा एसिड हाल्ने आफ्नो कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अनिश्चितकालिन यातायात बन्द आह्वान गरेको हो । बन्दको हल्लाका कारण रोल्पाको जनजिवन प्रभावित भएको छ ।

असार १४ गते रोल्पा नगरपालिका १० को भनभने मतदान केन्द्रमा निर्वाचनका वेला मतपेटिकामा एसिड हाल्ने नेकपाका कार्यकर्ता विरवहादुर वलीलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो ।

 

प्रकाशित : 4 July, 2017

प्रतिक्रिया दिनुहोस्