केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बुटवल उपमहानगरपालिकाको १३ नम्बर वडा बाहेक सबैमा एमाले विजयी, अव ३ वटा वडाको मतपरिणाम आउन बांकी

सहयात्रा टिभी

बुटवल । स्थानिय तहको दोस्रो चरणको निर्वाचनको मतपरिणाम आउने क्रम लगभग अन्तिम चरणमा पुगेको छ । दोस्रो चरणको निर्वाचनमा पनि नेकपा एमाले पहिलो वन्ने लगभग पक्का भएको छ ।

यस्तै, बुटवल उपमहानगरपालिको १९ वडा मध्ये १६ वडाको मतगणना सकिसकेको छ । यद्यपी, मतगणना सकिएको १६ वडा मध्ये १३ वडा बाहेक सबैमा एमाले विजयी भईसकेको छ । वडा १ देखि १२, १४ देखि १६ सम्म एमाले विजयी भएको छ । १३ नम्बर वडामा भने नेपाली कांग्रेसका नारायण पुन विजयी भएका छन् । अव बांकी ३ वटा वडामा मतगणना हुन बाँकी नै छ ।

 

प्रकाशित : 5 July, 2017

प्रतिक्रिया दिनुहोस्