केपी ओली प्रचण्ड माधव नेपाल एमाले


वायुसेवा सञ्चालक संघले आन्तिरकतर्फको हवाई भाडा घटायो, लामो दुरीमा २ सय रुपैयाँ घट्यो

सहयात्रा टिभी

काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघले आन्तिरकतर्फको हवाई इन्धनको मूल्य घटाएको छ । वर्षातको समयमा पहिरो जाने र आवातजावातमा कठिनाई भईरहने कारणले पनि मानिसहरु हवाई मार्गलाई सहज र सरल ठान्न थालेका छन् । आन्तिरकतर्फको हवाई इन्धनको मूल्य घटेसंगै आन्तरिकतर्फ हवाईमार्ग भएर जाने यात्रुहरुका लागि देशका विभिन्न भागमा जाने यात्रुहरुलाई निकै सहज भएको छ । आन्तिरकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रूपैयाँ घटेको छ भने हवाई भाडामा लामो दुरीमा २ सय रुपैयाँसम्म घटेको छ ।

भद्रपुर जानका लागि ८ हजार ७ सय रुपैयाँ तिर्दै आएका यात्रुले अब ८ हजार ५ सय ७६ रुपैयाँ तर्नुपर्नेछ । त्यसैगरी, माउन्टेन फ्लाइटमा यसअघि ११ हजार तिर्दै आएकोमा अब १० हजार ८ सय ६२ मात्रै लाग्ने संघले जनाएको छ । यस्तै, विराटनगर जाने यात्रुले अब ७ हजार १ सय ४ रुपैयाँ मात्रै तिरे हुने भएको छ ।

सिम्रिक एयरका मार्के्टिङ म्यानेजर प्रज्वल थापाका अनुसार नयाँ भाडा दर बुधबार देखि कार्यान्वनयमा आउने जानकारी दिएका छन ।

 

प्रकाशित : 5 July, 2017

प्रतिक्रिया दिनुहोस्